शेयर बजार १४ अङ्कले घट्यो

 चैत १, २०७९ बुधबार १५:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन दुई सय ५३ वटा कम्पनीकाे ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया