सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, पर...
भदौ ३१, २०८१ सोमबार
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्कनुभएको छ । अमेरिकी संसदमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै फेसबुकले २०२१ को जनवरी ७ मा प्रतिबन्ध लगाएको थियो ।
सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि अन्तिम पटक फेसबुकमा स्टाटस पोष्ट गर्नुभएका ट्रम्पले त्यसपछि आज बिहान ११ सेकेण्डको एउटा भिडियो सहित 'आई एम ब्याक' भनेर पोस्ट गर्नुभएको छ ।
फेसबुकसँगै उहाँ युट्युवमा पनि फर्कनुभएको छ । भिडियोमा उहाँले २०१६ को चुनावी सफलतापछि यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ भन्नुभएको छ । फेसबुक र इन्स्टाको मातृ कम्पनी मेटाले यसअघि जनवरी ७ मै ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । ट्रम्पमाथि ट्विटरमा पनि प्रतिबन्ध लागेकोमा एलन मस्कको स्वामित्वमा आएपछि ट्विटरले प्रतिबन्ध हटाएको छ । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्कनुभएको छैन ।
फेसबुकमा उहाँका तीन करोड ४० लाख फलोअर छन् । ट्रम्प र ट्रम्प संलग्न राजनीतिक अभियानमा सन् २०१८ को मे देखि २०२३ को जनवरीसम्म विज्ञापनका लागि मेटालाई १५ करोड ९० लाख डलर तिरेको मेटालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यति रकम संसारका अरु कुनै राजनीतिकर्मीले नतिरेका पनि मेटाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।