एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
रुकुम पूर्व - सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह माथिबाट खसेको पहिरोले पुरिएको छ।
मंगलबार बिहान माथिबाट आएको पहिरोले आयोजनामा ठूलो क्षति पुर्याएको छ। पहिरोमा परी स्थानीय २० वर्षीया जेनुका गौतम घाइते भएकी छन् । घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको वडा अध्यक्ष खर्कसिङ थापाले बताउनु भयो।
पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले जानकारी दिनुभयो। पहिरो झरेलगत्तै स्थानीयहरु विद्युत आयोजनाको मुख्य मेशिन जोगाउने प्रयासमा लागेका छन्। पहिरोमा पुरिएको मेशिन जोगाउने प्रयास भइरहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो।
४ वर्षअघि निर्माण गरिएको आयोजनाबाट ९ सयभन्दा बढी उपभोक्ता लाभान्वित छन्। ९० किलो वाट उत्पादन क्षमताको विद्युत आयोजनाबाट रुकुमपूर्व सिस्ने गाउँपालिकाका ७ र ८ वडा तथा रुकुम पश्चिम मुसीकोट नगरपालिकाको १ नम्वर वडाको छिङ बस्तीमा बत्ती बलेको थियो।
पहिरोपछि ९ सय घरधुरी दसैंको बेला अन्धकारमय भएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।