चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको नाै महिनामा नेपालले एक खर्ब ६० अर्ब रुपैयाँ ऋण लिएको छ । यसमध्ये एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण र ५४ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।
यस्तै सरकारले चालु आर्थिक वर्षको नाै महिनामा ऋणको साँवा र ब्याज गरेर एक खर्ब २३ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न चैत मसान्तसम्म एक खर्ब दुई अर्ब रुपैयाँ र वैदेशिक ऋणको साँवा फिर्ता र ब्याज तिर्न २१ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।