चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा गएराति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हरायो ।
कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका डेविड वार्नरले ५७ रनको अर्धशतकिय पारी खेले । कोलकाताका वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले समान २/२ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले अन्तिम बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो । उसका जेसन रोयले ४३ तथा आन्द्रे रसेलले अविजित ३८ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । दिल्लीका एनरिच नोर्किया, अक्षर पटेल, कुलदीप यादव र इशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।
छैटौँ खेलमा २ अङ्क जोडेको दिल्ली अङ्कतालिकाको पुछारमा छ । समान खेलमा ४ अङ्कका साथ कोलकाता आठौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।