चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली सेनामा चार हजार ५ सय जनाका लागि भर्ना खुलेको छ ।
आज सूचना निकालेर नेपाली सेनाले चार हजार ५ सय जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । जसमा खुलातर्फ २ हजार ३ सय ५१ जना माग गरिएको छ ।
यस्तै, नेपाली सेनामा कर्तव्य पालनाका क्रममा असक्त भएका वा ज्यान गुमाएकाका सैन्य परिवारलाई २ सय २५, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेशी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको सङ्ख्या छुट्याइएको छ ।
अनलाइनमार्फत् फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।