तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई १० हजारभन्दा धेरै मतकाे अग्रता

 वैशाख ११, २०८० सोमबार २०:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्मकाे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएकाे छ । 

ताजा परिणामअनुसार वाग्लेले २३ हजार नाै सय ६६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेविन्द भट्टराईले १३ हजार आठ सय १२ मत प्राप्त गर्नुभएकाे छ । भट्टराईभन्दा वाग्ले १० हजार एक सय ५४ मतले अघि हुनुहुन्छ । 

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार सात सय ९५ मत प्राप्त गर्नुभएकाे छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेकाे थियाे ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niraj thapa

    April 24, 2023, 8:14 p.m.

    धेरै राम्रो, अझै farakilo मतले जित्नुपर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया