उपचुनाव : १७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – देशका विभिन्न ठाउँमा पानी पर्दा बढ्दो गर्मीबाट केही राहत भएको छ । देशभर रहेका दुई सय ५८ वटा वर्षामापन केन्द्रमध्ये ५७ वटा केन्द्रमा वर्षा मापन भएको छ ।
२४ घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा १०५ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुली, लमजुङलगायतमा जिल्लामा रहेका मापन केन्द्रमा पनि २४ घण्टामा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्व र मध्य क्षेत्रका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुँदा तराई/मधेस र पश्चिमी क्षेत्रमा एक/दुई ठाउँमा मात्रै वर्षा भएको छ ।
यसैबीच आज आइतवार गर्मी पनि केही घटेको छ । आज मध्य र पश्चिम तराई क्षेत्रमा बढी गर्मी रहँदा पूर्वका क्षेत्रमा हिजो शनिवारको तुलनामा गर्मी केही कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि हिजोको तुलनामा गर्मी केही घटेको छ । पछिल्लो डेढ हप्ता देशका धेरै ठाउँमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो ।
मौसमविद्हरूले औसत समयभन्दा झन्डै एक हप्तापछि मात्रै मनसुन भित्रिने अनुमान गर्दा गर्मी लम्बिने चिन्ता रहेकोमा अरब र बङ्गालको खाडीमा विकसित नयाँ प्रणालीका कारण मनसुन औसत समय आसपासमै आउने सम्भावनासमेत बढेको छ । पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रिने गर्छ । तर यो मितिमा हरेक वर्षजस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रिने गरेको सरकारी तथ्याङ्क छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।