बझाङमा फेरि जीप दुर्घटना, चालकको ज्यान गयो
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे ।
तीन पटक फाइनलमा पुगेकाे उरुग्वेले पहिलो पटक २० वर्षमुनिकाे विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।
त्यस्तै पहिलो पटक २० वर्षमुनिकाे विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्याे ।
२० वर्षमुनिकाे विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेकाे छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।