पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
गुल्मी – गुल्मीमा बिहीवार छुट्टाछुट्टै घटनामा दुई जनाकाे ज्यान गएको छ । ज्यान जानेमा मालिका गाउँपालिका–३ का ७० वर्षीय नन्दे बिक र मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपाली रहेका छन् ।
मालिका–३ का नन्दे बिककाे आज दिउँसो स्थानीय पासे खाेलाकाे माेटरबाटाेबाट खसेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे । उहाँ आफन्तसँग भेटघाटका लागि बुधवार वडा नम्बर २ काे दर्लिङ जानुभएकाे र रातिसम्म घर नफर्केपछि खोजीका क्रममा मृत अवस्थामा भेटिनुभएकाे हाे ।
त्यसैगरी आज बिहान आफ्नी छोरी र छिमेकीसहित स्थानीय ढुंगेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएकी मुसिकोट–४ की फुलकुमारी नेपालीको घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको छ । भिरबाट लडेकी नेपालीको घटनास्थलै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।