दोलखामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुग्यो

 साउन १९, २०८० शुक्रबार १९:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोलखामा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति गएको पहिरोमा परि देविमाया मगर र तीन वर्षका बालक प्रिन्स थामीको ज्यान गएको हो ।

बेपत्ता भएका अरु दुई जना हरिलाल श्रेष्ठ र कृष्णबहादुर मगरको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिरोमा परेर घाइते भएका तीन जनामध्ये गम्भीर अवस्थामा रहेका दुई जनाकाे काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । पहिरोले पाँचवटा घर बगाएको छ ।

यसैबीच गौरीशङ्कर गाउँपालिका–७ मा गएको पहिरो वडा नं ८ मा पुग्दा ६२ वटा बाख्रा र एउटा राँगो पुरिएको स्थानीयले बताएका छन् । पहिरो गएको ठाउँमा सम्पर्क पनि नभएकाले विस्तृत जानकारी आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । उहाँका अनुसार पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध पारेको छ ।

पहिरोको जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा बस्न भनिएको छ । सडक तथा पुलमा बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भइरहेको अधिकारी धमलाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया