आज अमेरिकी डलरको भाउ सामान्य घट्यो : यस्तो छ, विदेशी मुद्राको...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आज बिहीवार गौरा पर्वको अवसरमा काठमाण्डैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउनुभयो । सरकारले सुदूरपश्चिमका नागरिककाे भावनालाई कदर गर्ने जनाउँदै उहाँले योभन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार गाैरा पर्वकाे विषयमा सकारात्मक छ । सुदूरपश्चिमका नागरिककाे भावनालाई कदर गरेर जानुपर्छ भन्नेमा प्रष्ट छाैँ । आज यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु । डा. भीम रावलले पहिला बिदा दिएको थिएँ भन्नुभयो, म त्यो फाइल हेर्छु र बिदा दिने विषयमा शेरबहादुर देउवाले भनेको जस्तो तिथि किटान होस्, बिदाको घोषणा गरिने विश्वास दिलाउँछु ।’
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताउनुभयो । उहाँले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमका लागि धेरै काम गरेको दाबी गर्नुभयाे । उहाँले सुदूरपश्चिम र कर्णालीका नागरिककाे जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपाल समृद्धि हुन नसक्ने बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।