डलरको भाउ अहिलेसम्मकै उच्च
मंसिर ७, २०८१ शुक्रबार
अनियमित र दुषित खानपानका कारण ग्याष्ट्रिकको समस्या सामान्य भैसकेको छ । धेरै नेपालीलाई यो रोगले सताएको पाइन्छ । ग्याष्ट्रिक र यसबाट बच्ने उपायबारे साथी विना न्यौपानेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग विषेशज्ञ डा.अखिलेश कुमार कश्यपसँग कुराकानी गर्नु भएको छ ।
पेटमा आमाशयको भाग सुनिनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिसलाई भनिन्छ । कुनै पनि कारणबस पेटको कुनै पनि भाग सुन्नियो, इन्फलामेसन भयो भने त्यसैलाई नै ग्याष्ट्रिक भनेर बुझिन्छ ।
ग्याष्ट्रिकको प्रमुख कारण भनेको एचपाईलोरी ब्याक्टेरीया हो । त्यो पानी तथा खानेकुराबाट सर्ने गर्दछ । नेपालमा अहिलेसम्मको डाटा हेर्दा ६० प्रतिशत भन्दा बढी इन्फेक्टेड भएको छ । साधारणतय पेटमा यत्तिकै बसेको हुन्छ पछि कसै कसैलाई ग्याष्टिक, अल्सरको रुपमा देखा पर्ने हो ।
– नदुख्ने औषधीको सेवन गर्नु
– खानपानमा ध्यान नदिनु
–लामो समयसम्म भोकै बस्नु
– जंगफुडको प्रयोग गर्नु ।
– मुख्य लक्षण भनेको आमाशयको माथिल्लो भाग सुनिने नै हो । पछि ग्यास्टिक ,अल्सर, क्यान्सरको लक्षण एउटै हुन्छ । मुख्यतः यस्तो हुन्छ :
– माथिल्लो भाग पेट दुख्ने
– मुखमा अमिलो पानी आउने,
– खाली पेटमा डकार आउने,
– खाँदा अप्ठेरो महसुस हुने,
– राम्रोसँग वायु नखुल्ने,
– दिसा कालो हुने
– तौल घट्दै जाने हुन्छ ।
यस्ताखालका लक्षण देखियो भने अस्पताल गएर सामान्य ईन्डोसकोपी गर्दा कुन चरणमा छ भन्ने कुरा थाहा हुन्छ ।
हो , यदि इन्डोसकोपीमा चौध दिनको कोर्ष दियो भने पुणरुपमा एचपाईलरी ठीक हुन्छ । एचपाईलरी ठीक भयो भने पछि अल्सर हुँदैन ।
साधारणतय अल्सर आमाशयमा वा सानो आन्द्रामा हुन्छ । सानो आन्द्रामा हुने ९५ प्रतिशत ठीक हुन्छ । त्यसमा एचपाईलरीको उपचार गर्दा प्रायः सबै ठीक हुन्छ । तर पेटमा भएको अल्सर पुरै ठीक हुँदैन क्यान्सरमा जाने सम्भावना हुन्छ ।
सुरुमा नै हामीले देख्यौं भने उपचार गर्न सकिन्छ तर अरु ठाउँमा फैलियो भने सर्जरी गर्न गाह्रो हुन्छ । त्यसैले पहिला नै सचेत हुनुपर्छ । मेडिकलमा गएर औषधि खाएर ठीक भयो भन्दै बस्यो भने झनै समस्या बढ्दै जान्छ ।
औषधि त सबै उस्तै हो । तर, औषधि खाएको बेलामा लक्षण कम भएको जस्तो हुन्छ अनि ठीक भयो भन्ने हुन्छ । भित्र एचपाईलोरी अथवा अल्सर नै भएको रहेछ भने त ठीक भएको हुँदैन । लक्षण मात्रै कम भएको जस्तो हुने हो । त्यसैले लामो समयसम्म आफैंले औषधि सेवन गर्नु हुँदैन ।
यसको लागि इन्डोसकोपी नै हो । एचपाईलोरी परीक्षण दिसा र रगतबाट गर्न सकिन्छ । पहिलो चरणमा १४ दिनको मात्रै उपचार गरेपछि ठीक हुन्छ । यदि भएन भने मात्रै अरु एन्टिबाइटिक चलाउनु पर्छ ।
आफ्नो बानी व्यहोरा पनि सुधार्नु पर्छ । ग्याष्ट्रिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारीरिक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्यास्टिक कम गर्न सकिन्छ ।
ग्याष्ट्रिक आफैमा इनिसियल स्टेज हो । तर पछि बढ्दै गयो भने अल्सर हुन्छ । अल्सरलाई ध्यान नदिने हो भने यस्ता समस्या देखिन सक्छ :
– रगत बग्ने ।
– कालोदिसा हुने हुन्छ ।
– कहिले कम र कहिलेअल्सर फुटेर पुरै पेटमा नै संक्रमण हुने हुन्छ ।
– पेटमा नै अल्सर छ भने क्यान्सर हुने संभावना हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा लामो समयसम्म भोकै बस्नु हुँदैन । कम्तीमा पनि दिनको चारपटक खाना खानै पर्छ । १७, १८ घण्टा भोकै बस्दा पेटमा ग्याष्ट्रिक बढेर अल्सर नै हुन सक्ने सम्भावना हुन्छ । जंकफुड धेरै खानु हुँदैन । नरम तथा कडा खालका पेय पदार्थ खानु हुँदैन । धुमपानबाट पनि बच्नु पर्छ ।
सबैभन्दा पहिला खानेकुरामा नै विचार पुर्याउनु पर्छ । धेरै चिल्लो खानेकुरा नखाने , अमिलो पिरो धेरै नखाने , एचपाईलरी ईन्फेकसन पानीबाट नै सर्ने भएकाले पानी , सलाद खाँदा विचार पुर्याउनु पर्छ । अनि लामो समयसम्म भोकै नबस्ने हो भने ग्याष्ट्रिकबाट बच्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।