नाडा अटो शो आजदेखि, झण्डै २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने अपेक्षा

 भदौ २६, २०८० मंगलबार १२:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नाडा अटो शो आजदेखि काठमाण्डौमा शुरु भएकाे छ । 

आउँदो ३१ गतेसम्म काठमाण्डाैको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा विद्युतीय गाडीसहित अन्य नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएकाे आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत प्रदर्शनीमा राखिएकाे नाडाले जनाएको छ ।  प्रदर्शनीको एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाले राखेको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दशैँ अगाडि आयोजना हुँदै आएको अटो शो कोभिड महामारी र गाडीको आयातमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि हुन सकेको थिएन । गएको वर्ष नाडाले पहिलो पटक ईभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन  गरेको थियो ।
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया