शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
आफूसँग शिष्टाचार भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई मन्त्री बस्नेतले थप लगानी गर्न आग्रह गर्नुभएको हो । वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज रहेको उल्लेख गर्दै उहाँले थप केही महत्त्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताउनुभयो । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई सहज रूपमा अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग रहने र ताेकिएकाे समयभित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।
छलफलमा होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाउन, बाँकी भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले आफू कोरिया फर्किएपछि कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दुई सय १६ मेगावाटको माथिल्लाे त्रिशूली–१ जलविद्युत् आयोजनाको हिजो मङ्गलवार मात्रै शिलान्यास भएको छ । आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।