नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदै

 भदौ २८, २०८० बिहीबार ७:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ।

पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ ।

नेम्वाङको हृदयघातका कारण गएको सोमवार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उहाँको पार्थिव शरीरलाई हिजो बालुवाटारमा रहेको निवासमा लगिएको थियो ।

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभर शोक बिदा दिएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया