नेपालले स्कटल्यान्डलाई दियाे ७४ रनकाे लक्ष्य
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने भएका छन् । दाहिने काँधमा लागेको चोट शुरुमा आशंका गरिएको भन्दा खराब रहेको पत्ता लागेपछि उनले विश्वकप गुमाउने भएको क्रिक इन्फोले जनाएको छ ।
विश्वकप आउँदो अक्टोबरको ५ तारिखदेखि भारतमा शुरु हुँदैछ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले उनको विकल्प खोजिरहेको खबरमा उल्लेख छ । उनको चोटको अवस्था हेर्दा यो वर्षभरी मैदान फर्कन सक्ने सम्भावना छैन ।
एसिया कप क्रिकेटमा भारतसँगको खेलमा घाइते हुँदै नसिम बीचमै मैदानबाट फर्किएका थिए । विश्वकपमा नसिमको अनुपस्थिति पाकिस्तानको लागि झट्काका रुपमा हेरिएको छ ।
नसिमलाई करियरको शुरुवाती चरणमा चोटपटक लागेको थियो । नसिम सबै ढाँचामा पाकिस्तानका लागि महत्वपूर्ण बलर बनेका छन् । उनी आफ्नो एकदिवसीयमा डेब्यु गरेदेखि सबैभन्दा शक्तिशाली बलर हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।