भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

 भदौ ३०, २०८० शनिबार २०:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

भोलि  सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।

गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका महासचिव सञ्जीव तिवारीले बताउनुभयो ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया