उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - कर्मचारी सञ्चय कोषले आफनो ६२औँ वार्षिकोत्सव आज मनाउँदैछ । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो भने ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको शुरुवात गरेको थियो ।
कोषले २०५२ सालदेखि कुटनीतिक नियोग, गैरसरकारी संस्था लगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले ०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र ०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको छ । कोष ६२औँ वर्षमा प्रवेश गर्दा कोषमा ५ लाख ८२ हजार सञ्चयकर्ता छन् ।
यस्तै, निवृत्तभरण कोषमा ६३ हजार ३ सय योगदानकर्ता छन् । कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ७ दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ । सञ्चयकर्ताले सञ्चय कोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । जसको ब्याजदर ८ दशमलव ६० प्रतिशत छ ।
कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।