शरद् ऋतुमा हिमाल आरोहणका लागि ३ सय ३९ जनाले अनुमति लिए, गोरखाको मनास्लु धेरैको रोजाइमा

 भदौ ३१, २०८० आइतबार १३:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शरद्कालीन सिजनमा नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन् ।

अहिलेसम्म १० वटा हिमाल आरोहणका लागि ३५ वटा समूहका तीन सय ३९ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । जसमा ७३ जना महिला आरोही छन् । आरोहण अनुमतिबापत सरकारले तीन करोड ६५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

तस्बिर : सेभेन समिट ट्रेक्स

सबैभन्दा धेरै मनास्लु हिमालबाट तीन करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा कम होमलुङ, नेमजुङ र थापा पिकका लागि दुई/दुई जनाले अनुमति लिएका छन् ।

शरद्कालमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ४९ जनासहित ४७ देशका नागरिक रहेका छन् । नेपालका तीन जनाले अनुमति लिएका छन् ।

वसन्तकालीन र शरद्कालीन गरी दुई वटा सिजनमा नेपालका हिमालमा आरोहण हुने गरेको छ । तुलनात्मक रूपमा वसन्तकालमा आरोहीहरूको सङ्ख्या बढी हुन्छ । आरोहण क्षेत्रमा चर्चित सगरमाथामा शरद् याममा बिरलै मात्र आरोहण हुने गरेको छ । शरद् ऋतुमा विशेषगरी गोरखाको मनास्लु हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया