सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर, साढे ३ अर्ब रुपैयाँभन्दा धेरै बिगो कायम

 भदौ ३१, २०८० आइतबार १७:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाण्डाैले जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो ।

सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को निष्कर्ष थियो । प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको 'ब्रेक शु' राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही 'ब्रेक शु' भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो ।

प्रहरीले आरोपीमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्रअनुसार उनीहरूले तीन सय ६२ किलो सात सय ७८ ग्राम सुन तस्करी गरेका छन् । सबै आरोपीमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, 'ब्रेक प्याड' को भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गएको बुधवार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । यो मुद्दामा थप अनुसन्धान चलिरहेको सीआईबीले जनाएको छ । मुद्दा दर्ताको प्रक्रियामा रहेको जिल्ला अदालत काठमाण्डौले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया