ओलीकाे आराेप– ‘सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ’

 भदौ ३१, २०८० आइतबार २०:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । 

आज आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा उहाँले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको आराेप लगाउनुभयाे । अध्यक्ष ओलीले माअ‍ोवादी नेता कृष्णबहादुर महराका बाबुछोराप्रति सङ्केत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि दुई सय ९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रूपमै गैरजिम्मेवार रहेको भन्दै उहाँले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्तामाथि संस्थागत रूपमै राज्य गैरजिम्मेवार छ । साढे नौ केजी सुन पक्राउ पर्‍याे त्यो कहाँ गयो, के भयो, अत्ताेपत्तो छैन । त्यस प्रकरणमा को कोका बाउछोरा, के–के भयो रे । उनीहरूलाई बचाउन दुई सय ९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो । हाउसमा पशुपतिमा सुन चढाए भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । मैले त्यति बेलै पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको हाे । एअरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिने लगाउने । चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरू राज्यबाट भइराखेको छ ।’

ओलीले आफ्नो पार्टीले आमउपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराउने बताउनुभयाे । आमउपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया