शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – मिथिलाञ्चलमा आज प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाउने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण आज पर्व मनाउन लागिएको हो ।
मैथिली साहित्यका जानकार प्राज्ञ रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द आज मनाइरहेका जानकारी दिनुभयो । मिथिलामा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।