सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उहाँले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गर्नुभयाे ।
ओलीले भन्नुभयो, ‘आज देश जहाँ पुगेको छ, यति बेला सबैले गम्भीर भएर सोच्नपर्ने अवस्था आएको छ । सबै पार्टी, सबै पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराहरूबाट हामी जेलिदैछौँ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति बेहाेरेर यो ठाउँमा आइपुगेका छौँ । यी आजका उपलब्धिहरू यत्तिकै आकाशबाट आएका होइनन् । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’
अध्यक्ष ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै देशमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद अवस्था आएकाले उहाँको स्मरणमा पार्टीले ‘सुवास र संविधान’ विषयक कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
ओलीले एमालेले देशलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।