नेपालले स्कटल्यान्डलाई दियाे ७४ रनकाे लक्ष्य
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा सिटीका अल्भारेजले दुई तथा रोद्रीले एक गोल गरे ।
त्यसअघि रेड स्टारले बुकारीको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा सिटीले खेलमा पुनरागमन गर्दै सहज जित निकाल्यो । यो समूहको अर्को खेलमा लाइप्जिकले योङ ब्याइजलाई ३–१ गोलले नै हराएको छ ।
समूह एफको खेलमा एसी मिलानले न्युक्यासलसँग बराबरी खेलेको छ । राति घरेलु मैदानमा मिलानले न्युक्यासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । समूह ई मा एट्लेटिको मड्रिडले लाजियोसँग एक/एक गोलको बराबरी खेलेको छ । यस्तै अर्को खेलमा ९ खेलाडीमा समेटिएको सेल्टिकलाई फेइनोर्डले दुई शून्यले हरायो ।
च्याम्पियन्स लिगमा बार्सिलोनाले एन्टवेर्पलाई पाँच गोलको फराकिलो अन्तरले हराएको छ । उसले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्यो ।
यस्तै अर्को खेलमा पोर्टोले शख्तर डोनेस्कलाई ३–१ गोलले हरायो । पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले बोरुसिया डर्टमन्डलाई र फेयनुर्ड क्लबले सेल्टिकलाई समान २–० गोलले हराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।