पोखराको फिर्के खोलामा ५ वर्ष पुग्नै लाग्दा पनि बनेन पुल, फेरि म्याद थप

 असोज ५, २०८० शुक्रबार २०:३३:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराको फिर्के खोलामा निर्माणाधीन पुल पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन । साढे २ वर्षमा नै सक्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको हो ।

पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्के पुल निर्माण नहुँदा आवतजावतमा समस्या भइरहेकाे छ । पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बने पनि पुल भने २ लेनको छ ।

पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजार रुपैयाँको लागतमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी शान्ति आरोग्य जेभी सानेपा ललितपुरसँग ठेक्का सम्झौता भएको थियो । तर पटक–पटक म्याद थप गर्दै २०८१ वैशाखसम्म म्याद पाएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर शहनशिला कायस्थले जानकारी दिनुभयो । अहिलेसम्म ३० प्रतिशत मात्र काम सकिएको उहाँको भनाइ छ ।

पहुँचका आधारमा निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया