मुगुको गमगढी बजारमा आगलागी, एउटा टहरोसहित सात वटा घर जलेर नष्ट

 असोज ६, २०८० शनिबार ६:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - मुगुको जिल्ला सदरमुकाम गमगढीमा गएराति आगलागी हुँदा एउटा टहरोसहित सात वटा घर जलेर नष्ट भएका छन् ।

गएराति साढे १ बजेतिर शुरु भएको आगो बिहान चार बजे निभाइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

आगलागीबाट ६ वटा घर र एउटा टहरो जलेको र एउटा घरमा दाजुभाइको परिवार छुटाछुटै बस्दै आएकाले आठ परिवारको घर जलेर नष्ट भएको डीएसपी थापाले बताउनुभयो ।

आगलागीबाट मानवीय क्षति नभएको तर नौ वटा विभिन्न पसलसहित ग्यासलगायतको गोदाममा क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

आगलागीको कारण थाहा भएको छैन । गएको असोजमा पनि गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । गमगढीमा पटक-पटक आगलागी हुँदै आएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया