एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसँग ८–० गाेलले पराजित

 असोज ८, २०८० सोमबार १९:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलाे अन्तरले पराजित भएको छ ।

बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज साेमवार भएको समूह 'डी' को खेलमा नेपाल जापानसँग ८–० गाेलले पराजित भयाे । पहिलाे हाफमा ५ गाेल गरेकाे जापानकाे दाेस्राे हाफमा ३ गाेल थप्याे । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकाेशी युजुहाे, यामामाेताे युजुकी, युइनाे मामी, वाकिसाका रेना, साकाकिबारा काेटाेनाे र हिजिकाता मायाले १/१ गाेल गरिन् । 

याे हारसँगै नेपाल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ । नेपालले समूह चरणकाे अन्तिम खेलमा बिहीवार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रवार भएकाे पहिलाे खेलमा नेपाल भियतनामसँग २–० गाेलले पराजित भएकाे थियाे ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया