इन्द्रजात्रा शुरु, यी ठाउँमा गाडी आवागमन प्रभावित हुने

 असोज ९, २०८० मंगलबार १२:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्द्रजात्रा (याँया) को अवधिमा यही असोज ११ गतेदेखि काठमाण्डाैका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ ।

काठमाण्डाै महानगरले आज इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म गाडी सञ्चालनमा रोक लगाएको हो । 

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा गाडी  सञ्चालन गर्न निषेध गरिएको छ ।

 असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा गाडी निषेध गरिएको जनाएको छ ।

महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका ठाउँमा गाडी प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया