उभिएर आन्दोलन गरिरहेका अभियन्ता ‘ई’ का प्रतिनिधि र महानगर टोलीबीच वार्ता चल्दै

 असोज ९, २०८० मंगलबार १५:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ’ई’ का प्रतिनिधि र काठमाण्डौ महानगरपालिकाका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

‘ई’ सँग वार्ता गर्न महानगरले टोली गठन गरेलगत्तै वार्ता भइरहेको हो । वार्तामा अभियन्ता ई र मेयर बालेन शाह दुवै सहभागी छैनन् । ई का तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र सहरी पूर्वाधारविज्ञ राज महर्जन वार्तामा सहभागी छन् । महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

चुनावकाे समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता ’ई’ ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहनुभएको छ ।

हिजो साेमवार ’ई’ ले महानगरका मेयर शाहले राजाको शैलीमा वार्ताको प्रस्ताव गरेको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताउनुभएको थियो । आज मङ्गलवार बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ’ई’ लाई भेट्नुभएको थियाे । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनुभएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया