नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरूलाई देशमै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
आज मङ्गलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै मेयर शाहले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डा. दासलाई झैँ सरकारले अन्य डाक्टरहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाई देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गनुपर्ने बताउनुभयो । आफ्नो पेसा इमानदारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने मेयर शाहकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू देशमै रहेर सय बिताउन सक्ने प्रेरणा हाेस् । अहिलेको स्थितिमा स्वास्थ्यकर्मीहरू बाहिरिँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ । स्वास्थ्यकर्मीहरूलाई सुरक्षाकाे व्यवस्था हाेस्, देशमै बसेर सेवा गर्ने वातावरण बनाेस् । आफ्नो पेसा इमानदारिताका साथ गर्ने हाे भने कुनै पनि तन्त्रले केही फरक नपर्ने रेहछ ।’
मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरू पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।