जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

 असोज १२, २०८० शुक्रबार १८:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका–३२ जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क तत्कालका लागि नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुद्दा किनारा नलागेसम्म बसपार्क नभत्काउन आज शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचानालाई तोडफोड नगर्न पनि भनेको छ ।

यस्तै अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे पर्सि आइतवार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अदालतले अन्तरिम आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको वारेसमार्फत लिखित जवाफ पेस गर्न काठमाण्डाै महानगरलाई भनेको छ ।

काठमाण्डाै महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भत्काउने चेतावनी दिएको थियो । महानगरपालिकाकाे चेतावनीविरुद्ध अरनिको अदालत गएको हो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया