देव खनालकाे कप्तानीमा एसीसी यू–१९ प्रिमियर कप खेल्ने टाेलीकाे घाेषणा

 असोज १७, २०८० बुधबार १६:३६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार देव खनालकाे कप्तानीमा टाेली घाेषणा गरेकाे हाे ।

अक्टाेबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियाेगिताकाे शीर्ष ३ वटा टाेलीले आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपाल समूह 'ए' मा छ । याे समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । समूह 'बी' मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह 'सी' मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह 'डी' मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

यस्ताे छ नेपालकाे टाेली–

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडी–

प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया