स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

 असोज १८, २०८० बिहीबार १९:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गर्नुभयो । वीर अस्पताललाई अझै विस्तार गरेर सुविधा सम्पन्न बनाउन सरकारले थप लगानी गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘चिकित्सकको पेसागत सुरक्षा, हित र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरूमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रूपमा लिएको छु । यसबारेमा सरकारले स्वास्थ्यकर्मीहरूसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र त्याेअनुसारको गृहकार्य गरिसकेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको छ । स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन अपिल गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया