वीर अस्पतालमा 'भीआईपी' र 'भीभीआईपी' काे लर्काे लागेको छ : स्वास्थ्यमन्त्री

 असोज १८, २०८० बिहीबार १८:५२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा भएकाे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि विशिष्ट व्यक्तित्वकाे लर्काे लागेको बताउनुभयो । उहाँले वीरमा भीआईपी र भीभीआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नका लागि निःशुल्क बनाउन आफू लागिपरेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नहरुका लागि निःशुल्क र केही हुनेखानेलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा समेटेको छ । म स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले गरिब र विपन्नका लागि निःशुल्क उपचार गर्न १० प्रतिशत शय्या छुट्याउने थालनी भएको छ । अहिले वीर अस्पतालको स्तरोन्नति भइरहेको अवस्था छ । म विदेशमा गएर बोल्दा पनि वीर अस्पतालको नाम लिन थालेको छु । वीरमा भीआईपी र भीभीआईपीको उपचार पनि भइरहेको छ । वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयकाे लर्काे लागिरहेको छ ।’

स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सिर्जना गरेर जाने सहमति भइसकेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया