विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात

 असोज १९, २०८० शुक्रबार ६:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले ।

जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले ३६ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायाे । कन्वे १ सय ५२ रनमा र रविन्द्र १ सय २३ रनमा अविजित रहे। रविन्द्रको यो पहिलो शतक हो ।

ओपनर विल योंग शून्यमै आउट भए । इङ्ल्यान्डका साम करनले १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेकाे इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएकाे थियाे । उसका जाेए रुटले सर्वाधिक ७७ रन बनाए । यस्तै, कप्तान जाेस बटलरले ४३ र जाेनी बेयर्स्टाेले ३३ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान २ विकेट लिए ।

इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणकाे प्रतियाेगिता हिजाे बिहीवारदेखि शुरु भएकाे हाे । भाेलि पाकिस्तान र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया