पाकिस्तानले नेदरल्यान्ड्सलाई दियाे २ सय ८७ रनकाे लक्ष्य

 असोज १९, २०८० शुक्रबार १७:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई २ सय ८७ रनकाे लक्ष्य दिएकाे छ ।

हैदराबादकाे राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तान ४९ ओभरमा २ सय ८६ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका माेहम्मद रिजवान र सउद शकीलले समान ६८ रन बनाए । यस्तै माेहम्मद नवाज ३९ र शदाब खान ३२ रन बनाएर आउट भए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीडेले ४ र काेलिन एकरमानले २ विकेट लिए ।

१३ औँ संस्करणकाे एकदिवसीय विश्वकप हिजाे बिहीवारदेखि शुरु भएकाे हाे । विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया