नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अलआउट भयो । श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले समान २/२ विकेट लिए ।
त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । यो विश्वकप इतिहासकै उच्च योगफल हो । दक्षिण अफ्रिकाका क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय पारी खेले । विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका छन् ।
त्यस्तै हिजो भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अष्ट्रेलिया खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।