नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ ।
एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियाेजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे जानकारी दिएकाे हाे । सबै बोलपत्रहरू अनुमानित लागतकाे तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएकाे हाे । अब प्रसारण लाइन परियाेजनाको नयाँ ठेक्का खुलाउने छ ।
अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेकाे थियाे । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।
प्रसारण लाइन निर्माणका लागि तीन वटा चरणमा विभाजन गरेर गएकाे जेठ ८ गते ठेक्का आह्वान भएकाे थियाे । एमसीसी परियाेजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामाे प्रसारण लाइन बनाइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।