धनुषाको हंसपुरमा दुई समूहको विवादमा एक जनाको ज्यान गएपछि अवस्था तनावपूर्ण : प्रहरीको गोली लागेर दुई जना घाइते

 पुष ६, २०८० शुक्रबार ११:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ ।

स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।

स्थानीयबासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै दुई वटा मोटरसाइकल पनि जलाएका छन् । अवस्था सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ‌। प्रहरीको गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ ।

हिजो बेलुका दुई समूहको विवाद हुँदा मिलाउन पुगेका ६५ वर्षीय दीपनारायण मण्डल (दीपा) माथि नै कुटपिट भएको र उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक अवाले बताउनुभयो । यो घटनालाई लिएर स्थानीय बासिन्दाले विरोध गरेका छन् । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया