धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमसँग थाई एअरवेजले ग्राउन्ड ह्यान्डलिङ सेवा लिन शुरु गरेको छ । निगम र एअरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता भएको हो ।
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एअरवेजले ८० थान ग्राउन्ड ह्यान्डलिङ सम्बन्धित सामग्रीसमेत निगमलाई हस्तान्तरण गरेको छ । सामग्री निगमको स्वामित्वमा रहनेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एअरवेजको तर्फबाट एअरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गर्नुभएको निगमका प्रवक्ता रमेश पौडलले बताउनुभयो । उहाँले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एअरवेजले निगमको ग्राउन्ड ह्यान्डलिङ लिनुले निगममाथिको विश्वास बढेको बताउनुभयो ।
प्रवक्ता पौडेलले थाई एअरवेजले निगममाथि विश्वास गर्नु निगममाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताउनुभयो ।
गएकाे मङ्सिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । याे निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन सङ्घर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।