धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएकाे छ । आज साेमवार भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायाे ।
बाग्मतीले दिएकाे ८८ रनकाे लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जाेशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्य र साेनी पाख्रिनले समान १ विकेट लिइन् ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायाे । बाग्मतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जाेशीले समान २ विकेट लिइन् ।
याे जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । ४ खेलमा ४ अङ्क भएकाे बाग्मती चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।