१ सय ७ वर्षीय घिमिरे नगरपिता घोषित

 पुष ११, २०८० बुधबार २०:३२:३ | रासस
unn.prixa.net

झापा – दमक नगरपालिकाले दमक–१ का १ सय ७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गर्दै सय वर्षमाथिका ६ जनालाई ज्येष्ठ नागरिकबाट सम्मान गरेको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवस अवसर पारेर नगरपालिकाले आज बुधवार दमक–८ का १ सय ६ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की १ सय ६ वर्षीया नरमाया सोराली, दमक–१० की १ सय ५ वर्षीया नर्वदा खनाल, दमक–७ की १ सय ५ वर्षीया मीनादेवी कार्की र दमक–१ की १ सय १ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।

नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १ सय ७ वर्षीय घिमिरेलाई नगरपिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सम्मान गरेको मेयर रामकुमार थापाले बताउनुभयो । उहाँहरूलाई पूर्वमेयर इन्द्रबहादुर बुढाथोकी, मेयर थापा, उपमेयर रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे थियो ।

मेयर थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले ३/३ महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया