तनहुँको म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण

 पुष १२, २०८० बिहीबार ७:१३:५७ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् ।

विगतमा आवतजावतमा समस्या भए पनि अब सहज भएको भन्दै उनीहरुले खुसियालीमा नाचगान समेत गरेका छन् । गएको वर्ष भदौमा सम्झौता भएको पुल एक वर्षभित्र सम्पन्न गर्नेगरी माई कन्स्ट्रक्सन एण्ड बिल्डर्स पर्वतले निर्माणको ठेक्का पाएको थियो । सम्झौताअनुसार काम नसकिएपछि एक महिना म्याद थपेर निर्माण गरिएको हो ।

बर्खामा काम हुन नसक्दा केही ढिलाइ भए पनि अब निर्माण सकेर पुल सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताउनुभयो । बाह्र मिटर लम्बाइको मोटरेबल पुलमा गाडीको आवतजावतमा सहज भएको थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।

पुल बनेपछि बर्खामा पनि थर्पु बजारदेखि मनपाङसम्मको क्षेत्रमा सहजै गाडी गुड्न सक्ने भएका छन् । यसले गाउँमा उत्पादित कृषिउपज बजारसम्म लैजान सहज हुने भएको छ ।     
     

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया