बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

 पुष १२, २०८० बिहीबार ९:४५:१६ | रासस
unn.prixa.net

उदयपुर - दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् ।

गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, चौदण्डीगढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र बर्खायाममा सहजै देख्न पाइने दुर्लभ पक्षी हुचिल हिजो आज देख्न नै मुश्किल रहेको स्थानीय बासिन्दा बताउँछन् ।

‘दश, बाह्र वर्ष अगाडिसम्म हिउँद/वर्षा दुवै याममा गाउँघरमा रुख–रुख बसेर कराउने गर्थे, तर हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ’ चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले भन्नुभयो,‘ आजकल हुचिलको आवाज नै सुनिँदैन ।’

पछिल्ला वर्ष हुचिल मात्रै नभएर अरु पक्षीहरू पनि समस्यामा पर्दै गएका नेपाल पक्षी संरक्षण सङ्घका उपाध्यक्ष एवम् चराविद् विमल थापाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया