धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
कास्की – रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराकाे आयाेजनामा आज बिहीवारदेखि सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै महोत्सव शुरु भएको हो । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महाेत्सवकाे उद्घाटन गर्नुभयाे ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित २५ वर्षदेखि पोखराको लेकसाइडको झन्डै तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु नाच, मयुर नाच लगायत विभिन्न प्रदेशका सांस्कृतिक कार्यक्रमकाे आयाेजना हुने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयाे ।
महोत्सवमा माैलिक भेषभुषाकाे प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वाटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शनसहितका कार्यक्रम रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयाे ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यही पुस १६ गतेसम्म आयोजना हुने महोत्सवमा झन्डै पाँच लाखकाे सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने रेवान पोखराको दाबी छ ।
महाेत्सवका लागि लेकसाइड आकर्षक ढङ्गले सिँगारिएकाे छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा २५ वर्ष पहिले सडक महाेत्सवका शुरुवात भएकाे हाे ।
यसैबीच २५ औँ सडक महाेत्सवकाे अवसर पारेर रेवान पाेखराले पोखराकाे विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मान गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।