हात्ती महोत्सवको आज अन्तिम दिन, हिजो हात्तीको वनभोज सम्पन्न

 पुष १४, २०८० शनिबार ७:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - चितवनको  सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।

महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।

महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि भएको हो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया