धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरको जावलाखेल खेलमैदानमा आज एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनकाे कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराकासाथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो ।
मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।
यस्तै, आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।