पश्चिमी वायुको सामान्य प्रभाव : तराईमा बाक्लो हुस्सु, तत्काल पानी भने नपर्ने

 पुष १५, २०८० आइतबार ८:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यका, आसपासका क्षेत्र र तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

तराईका धेरै ठाउँमा बेलुकीपखसम्म नै बाक्लो हुस्सु लाग्ने भएकाले हवाई उडान प्रभावित हुनसक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ । घाम लाग्न थालेपछि भने कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ ।

यस्तै, अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य मात्र रहेकाे तर तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज दिउँसो कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना रहेकाे उहाँले बताउनु भयाे ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

यस्तै, काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहन सक्ने महाशाखाले जनाएको छ । 

आज जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५ डिग्री सेल्सियस मापन गएिको छ भने जोमसमको तापक्रम माइनस ३ डिग्री सेल्सियस पुगेको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया