मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम निरन्तर ओरालो

 पुष १८, २०८० बुधबार ७:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । उपत्यका र आसपासका क्षेत्र तथा पहाडी भेगमा लागेको हुस्सु अब घाम लागेसँगै हटेर जाने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । यस्तै तराईका धेरै भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईमा आज दिउँसो अबेर घाम लाग्ने उहाँले बताउनुभयो ।

नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास नभएकाले अझै केही दिन पानी नपर्ने मौसमविद् अधिकारीले बताउनुभयो ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बाग्मती प्रदेशका केही पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया